सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे पात्लेखेतका एकल महिलालाई रेडियो वितरण

काभ्रे पात्लेखेतका एकल महिलालाई रेडियो वितरण

8255
Shares
काभ्रे पात्लेखेतका एकल महिलालाई रेडियो वितरण

३१ चैत, धुलिखेल : धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतका एकल महिलालाई रेडियो वितरण गरिएको छ । द स्टोरी किचेन र एण्टेना फाउण्डेशनको सहयोगमा महिला शक्ति विकास केन्द्र, रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जको सहकार्य र कालिदेवि महिला बहुउदेशीय सहकारी संस्था लिमिटेडको समन्वयमा धुलिखेल नगरपालिका वडा नंं ११ पात्लेखेतमा रहेका एकल महिलालाई रेडियो सेट वितरण गरिएको हो ।

सोलारबाट बच्ने रेडियो बितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष विष्णु धितालले रेडियो मार्फत सूचना पाउन सजिलो हुने बताउनुभयो । वडाका १५ जना एकल महिलाको लागी सोलार रेडियो सेट हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गीता सुनार, नगर कार्यपालिका सदस्य जमुना लामा, वडा नं. ११ वडा सदस्य लोक बहादुर गैतम, पात्लेखेत होम स्टेका अध्यक्ष केशब बडाल, पुर्व जिल्ला शिक्षा अधिकारी दामोदर रेग्मी, रेडियो नमोबुद्धका उपाध्यक्ष सुर्यमाया दनुवार लगायतको सहभागिता रहेको थियो ।

8255
Shares

ट्रेन्डिङ