सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काँग्रेस नेता गणेश लामा रिहा

काँग्रेस नेता गणेश लामा रिहा

10845
Shares
काँग्रेस नेता गणेश लामा रिहा

काभ्रे  : नेपाली काँग्रेसका युवा नेता गणेश लामा रिहा भएका छन् । उनलाई हिजो कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।

उनलाई निषेधाज्ञा उल्लघन गरेको भन्दै दुई हजार जिल्ला प्रशासन कार्यालय बुझएपछि रिहा भएको नेपाली काँग्रेसका काभ्रे जिल्ला सदस्य महेन्द्र थिङले जानकारी दिए ।  लामासहित पक्राउ परेका चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् ।

गत आम निर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।

विनाकारण नेता लामा पक्राउ गरेको भन्दै उनलाई रिहा गर्न माग गर्दै चौतर्फी विरोध भइरहेको थियो । लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस काभ्रे र भातृ संगठनले काभ्रेका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

10845
Shares

ट्रेन्डिङ