सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिए

5680
Shares
काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिए

काभ्रे, ३० भदौँः काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १४ जना रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमा झाका अनुसार धुलिखेलमा ७ जना महिला र ७ जना पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाँचखालमा ३ जना पुरुष र १ महिला, बनेपामा २ जना पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पनौती नगरपालिकामा १ जना पुरुष, नमोबुद्धमा १ जना पुरुष र चौरीदेउराली गाउँपालिकामा १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संखया ४१५ पुगेको छ । २८१ ज्ना निको भएका छन् । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसनमा ८९ रहेका छन् भने ४२ जना होम आइसोलेसनमै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

5680
Shares

ट्रेन्डिङ