सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

5105
Shares
काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

काभ्रे, १३ भदौः काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

त्यस्तै बनेपा नगरपालिकाका ३ जना महिला र २ जना पुरुष रहेका छन् । पनौती नगरपालिकाका महिला र पुरुष १ १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो संख्या काभ्रेमा कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ६३० पुगेको छ । संक्रमित मध्ये १३ जना कोरोना भाइरबाट निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ४१९ पुगेको छ । अस्पतालको आइसोलेसनमा १२८ जना रहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या ७७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

5105
Shares

ट्रेन्डिङ