सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए

4700
Shares
काभ्रेमा कोरोना संक्रमित २ जनाको निधन, ५४ जना संक्रमित थपिए

काभ्रे, १८ कात्तिकः काभ्रेमा थप २ जना कोरोना संक्रमितको नि’धन भएको छ । स्वास्थय कार्यालय काभ्रेका अनुसार आज एकैदिन २ जनाको नि’धन भएको हो । मण्डनदेउपुर नगरपालिका २५ बर्षीय महिलाको घरमै र धुलिखेल नगरपालिका ७९ बर्षीय पुरुषको नि’धन भएको हो ।

उनीहरु दुबै जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । २५ बर्षीय महिलाको घरमै र ७९ बर्षीय पुरुषको धुलिखेल अस्पतालमा नि’धन भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना भाइरसका कारण मृ’त्यु हुनेको संख्या २३ पुगेको छ ।

जिल्लामा आज एकैदिन ५४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका १५ जना पुरुष, ११ जना महिला छन् । त्यस्तै धुलिखेल नगरपालिकाका ७ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाका ५ जना पुरुष, १ जना महिला, पाँचखाल नगरपालिकाका ३ जना महिला र १ जना पुरुष छन् । यसैगरी मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र रोशी गाउँपालिका १ जना पुरुष छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८२९ पुगेको छ ।

यसैबीच आज एकैदिन ३८ जना कोरोना सक्रमित निको भएका छन् । योसँगै जिल्लामा हालसम्म निको हुनेको संख्या १२६४ पुगेको छ । ८१० जना पुरुष र ४५४ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५४२ रहेको छ । अस्पतालको आइसोलेसनमा ४७ जना छन् भने होम आइसोलेसनमा ४९५ जना रहेका छन् ।

4700
Shares

ट्रेन्डिङ