सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन, ३१ जनाले भाइरस जिते

काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन, ३१ जनाले भाइरस जिते

4190
Shares
काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन, ३१ जनाले भाइरस जिते

काभ्रे, २३ कात्तिकः काभ्रेका थप १ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिकाका ८३ बर्षीय पुरुषको निधन भएको हो ।

शुक्रबार कोरोना संक्रमित पुष्टि भएका ती पुरुषको आज घरमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

काभ्रेमा आज एकैदिन ३१ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै कोरोना भाइरस लागेर निको हुनेको संख्या १४४० पुगेको छ । जसलमा ९०८ जना पुरुष र ५३२ जना महिला रहेका छन् ।

जिल्लामा आज ५ जना मात्रै नयाँ संक्रमित थपिएका छन् । बनेपा नगरपालिकाका २,२ महिला, पुरुष र पनौती नगरपालिकाका १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा हालसम्म संक्रमित हुनेका संख्या २०१९ पुगेको छ । जसलमा १२०८ जना पुरुष र ८११ ज्ना महिला रहेका छन् ।

अस्पतालको आइसोलेसनमा ३२ जना रहेका छन् । आफ्नै घरमा बस्ने कोरोना संक्रमितको संख्या ५२१ रहेको छ । घरमै बस्नेमा पुरुष २८३ जना र महिला २३४ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५५३ रहेको छ ।

 

4190
Shares

ट्रेन्डिङ