सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • केयुले मनलाग्दी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

केयुले मनलाग्दी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

7105
Shares
केयुले मनलाग्दी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं : काठमाडौं विश्वविद्यालय(केयू)ले अनलाइन कक्षा सञ्चालन शुल्कबाहेक अन्य शुल्क पनि लिन थालेपछि केयुका विद्यार्थी आन्दोलित भएका छन्। विद्यार्थीले सेवा नलिएका शीर्षकको पनि केयुले शुल्क लिएको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले आइतबार विश्वविद्यालय परिसरमा नै रिले अनशन थालेका हुन्।

अनेरास्ववियु,काठमाडौं विश्वविद्यालयका प्रभावशाली विद्यार्थी नेता सन्देश कार्कीले अनलाईन शुल्कबाहेक अन्य शीर्षकको पनि शुल्क असुल्न थालेपछि विद्यार्थी आन्दोलनमा उत्रिएको जानकारी दिए।

उनले भने,‘केयुले अनलाइन शुल्कबाहेक अन्य ल्याब,फर्निचर प्रयोगलगायत शीर्षकको शुल्क लिन थालेपछि विरोधमा उत्रिन बाध्य भएका हौँ। विद्यार्थीले सेवा लिएका शीर्षकको मात्रै शुल्क लियोस् भन्ने हाम्रो माग हो।’

अनेरास्ववियू,काठमाडौं विश्वविद्यालयले केयुलाई ४८ घण्टे अल्टिमेटम पनि बुझाएको उनले जानकारी दिए। शिक्षण शुल्क मात्रै लिनुपर्ने, कोभिड–१९ले समस्यामा परेका विद्यार्थीहरूको लागि ढिला शुल्क बुझाउनुपर्नेलगायत माग विद्यार्थीले राखेका छन्।

यसअघि पनि केयुले मनलाग्दी शुल्क लिएको विरुद्धमा विभिन्न खालका विरोध कार्यक्रम विद्यार्थीले गरेका थिए। तर, पनि कुनै माग सुनुवाइ नभएको विद्यार्थीको गुनासो छ।

 

7105
Shares

ट्रेन्डिङ