सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए

काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए

3525
Shares
काभ्रेका १ संक्रमितको निधन, ५४ जना थपिए, ४५ जना निको भए

काभ्रे, २५ कात्तिकः काभ्रेका एक कोरोना संक्रमितको नि’धन भएको छ । बनेपा नगरपालिकाका ७९ बर्षीय पुरुषको आज निध’न भएको हो । ती पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २७ पुगेको छ । हालसम्म १८ पुरुष र ९ जना महिलाको कोरोना संक्रमणबाट ज्या’न गएको छ ।

काभ्रेमा आज ५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जसमा सबैभन्दा भन्दा धुलिखेल नगरपालिकाका १४ जना पुरुष र ११ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ११ जना पुरुष र १० जना महिला रहेको छ । पाँचखाल नगरपालिकाका २ जना महिला, १ जना पुरुष र पनौती नगरपालिकाका १, १ महिला पुरुष संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भुम्लु, महाभारत र खानीखोला गाउँपालिकाका १,१ जना पुरुष पनि संक्रमित भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २१०१ पुगेको छ । जसमा १२५४ जना पुरुष र ८४७ जना महिला रहेका छन् ।

यसैबीच काभ्रेमा आज ४५ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या १५२४ पुगेको छ । ९४७ जना पुरुष र ५७७ जना महिलाले कोरोना भाइरस जितेका हुन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५५० रहेको छ । होम आइसोलेसनमा ५१५ जना र अस्पतालको आइसोलेसनमा ३५ जना रहेका छन् ।

3525
Shares

ट्रेन्डिङ