सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • भक्तपुरमा सडक निर्माण गर्दा खसेकाे पहिरोले एक मजदुरको मृत्यु

भक्तपुरमा सडक निर्माण गर्दा खसेकाे पहिरोले एक मजदुरको मृत्यु

7035
Shares
भक्तपुरमा सडक निर्माण गर्दा खसेकाे पहिरोले एक मजदुरको मृत्यु

भक्तपुर: भक्तपुरमा पहिरो जाँदा एक जनाको मृ’त्यु भएको छ। आइतबार दिउँसो साढे दुई बजेतिर चाँगुनारायण नगरपालिका-५ छाँयाबस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा पहिरो खसेको थियो।

पहिरो खस्दा सडक निर्माणको काम गरिरहेका तीन जना घा’इते भएका थिए। घाइतेमध्ये एक जना मजदुरको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

मृ’त्यु हुनेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-४ घर भई चाँगुनारायण छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जन छन्। उनको भक्तपुर अस्पतालमा साढे तीन बजे उपचारका क्रममा मृ’त्यु भएको डिएसपी गिरीले बताए।

‘सडकको भित्तातिर पर्खाल लगाउने काम भइरहेको थियो त्यहिबेला पहिरो खस्यो,’ उनले भने। त्यस्तै पहिरोमा परेर अन्य दुई जना घा’इते भएका छन्। सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

रामेछाप सुनापति गाउँपालिका घर भई छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङको अर्थोपेटिक अस्पताल नारायणटारमा उपचारपछि टिचिङ अस्पताल रिफर गरिएको परिसरले जनाएको छ। उनको अवस्था पनि ग’म्भीर रहेको डिएसपी गिरीले बताए।

7035
Shares

ट्रेन्डिङ