सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा कोरोनाका कारण थप एक महिलाको ज्या’न गयो, आज १३ जना डिस्चार्ज

काभ्रेमा कोरोनाका कारण थप एक महिलाको ज्या’न गयो, आज १३ जना डिस्चार्ज

९जना संक्रमित थपिए

5525
Shares
काभ्रेमा कोरोनाका कारण थप एक महिलाको ज्या’न गयो, आज १३ जना डिस्चार्ज

काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण थप एक महिलाको ज्या’न गएको छ । मण्डनदेपुर नगरपालिकाका ८० वर्षिय महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्या’न गएको हो । यो संगै जिल्लाका ४४ जनाको भाईरसको संक्रमणका कारण ज्या’न गएको छ ।

उनीहरु मध्ये १४ जना महिला छन् भने ३० जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लाका संक्रमित मध्ये उपचार पछि आज १३ जना डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लाका ३ हजार ५२ जना भाईरस मुक्त भएका छन् भने आज थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा बनेपाका नगरपालिकाका २ जना महिला र २ जना पुरुष छन् । यसैगरी धुलिखेल र पनौतीका १-१ जना महिला,पाँचखालका १ पुरुष र मण्डनदेउपुरका २ पुरुष रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय २७ पुगेको छ भने अझै १ सय ३१ जना संक्रिय संक्रमित छन् । उनीहरु मध्ये १ सय २२ जना होम आइसोलेसनमा छन् भने ९ जना अस्पताल आइसोलेसनमा छन् ।

5525
Shares

ट्रेन्डिङ