सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमित थपिने दर घट्दो, आज ७ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोना संक्रमित थपिने दर घट्दो, आज ७ जनामा संक्रमण पुष्टि

3355
Shares
काभ्रेमा कोरोना संक्रमित थपिने दर घट्दो, आज ७ जनामा संक्रमण पुष्टि

काभ्रे : पछिल्ला केही दिन यता काभ्रेमा कोरोना भाईरसका संक्रमितको संख्यामा कमि आएको छ । आज जिल्लामा ७ जना संक्रमित थपिएका छन् । हिजो भने जिल्लामा मात्र १ जना पुरुषमा भाईरसको संक्रमण देखीएको थियो ।

आज थपिएका संक्रमितहरुमा बनेपाका १ महिला,धुलिखेलका १ महिला र १ पुरुष,पनौतीका २ महिला र मण्डनदेउपुरका १ पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संगै जिल्लामा हाल सम्म ३ हजार २ सय ३५ जनामा संक्रमण भईसकेको छ । ति मध्ये उपचार पछि आज ४ जना डिस्चार्ज भए संगै जिल्लाका संक्रमित मध्ये ३ हजार ७२ जना भाईरस मुक्त भईसकेका छन् ।

अझै जिल्लामा १ सय १९ जना सक्रिय संक्रमित छन् । उनिहरु मध्ये १ सय १० जना होम आइसोलेसनमा छन् भने ९ जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमणका कारण जिल्लाका १४ महिला र ३० पुरुष गरी ४४ जनाको ज्यान गईसकेको छ ।

3355
Shares

ट्रेन्डिङ