सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाघको आ’तंकले पाँचखाल अनेकोटका स्थानीय त्र’सित

बाघको आ’तंकले पाँचखाल अनेकोटका स्थानीय त्र’सित

गएको बैशाख यता करिब ७० ओटा पशुचौपाय मारिए

5895
Shares
बाघको आ’तंकले पाँचखाल अनेकोटका स्थानीय त्र’सित

काभ्रे :बाघले आ’तंक मच्चाए पछि काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १ अनेकोटाका स्थानीय त्र’सित भएका छन् । गएको बैशाख यता मात्र करिब ७० ओटा बाख्रा बाघले मारेको स्थानिय बिर बहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसै गोठमा बाँधेर राखेको खसी,बोका बाख्रा बाघले मा’र्न थालेको हो । यस्तै जंगलमा चराउन लगेको बेलामा समेत बाघले बाख्रा मा’र्ने गरेको छ । पशुचौपायहरु माथि दिउँसै बाघले आ’क्रमण गर्न थालेपछि मानिसलाई पनि आ’क्रमण गर्ने हो की भन्ने चिन्ता बढेको छ ।

बाघले आ’क्रमण गरेर बिगतको वर्षहरुमा पनि एक सय देखी एक सय ५० सम्म पशुचौपाय मा’र्ने गरेको बताईएको छ । यता मण्डन देउपु वडा नम्बर १ र २ मा पनि यस्तै समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । बाघ संगै बदेलले पनी स्थानीयलाई धेरै दुख दिएको अनेकोटाका स्थानिय बिर बहादुर तामाङले बताउनुभयो ।

किसानले लगाएका अन्नबाली तथा कृषि जन्य सामाग्री बदेलले नष्ट पार्ने गरेको छ । बारीमा लगाईएको आलु,सखरखण्डा,पिडालु लगायत सिजन अनुसारका कृषि जन्य सामाग्री बदेलले न’ष्ट गरेको उहाँले बताउनुभयो । साथै स्थानीयहरुले बाघ तथा बदेल नियन्त्रणमा पहल गरिदिन समेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

5895
Shares

ट्रेन्डिङ