सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको बिन्धवासिनी सहकारीले आफुलाई ब’र्वाद पारेको भन्दै अख्तियारमा निवेदन (भिडियो)

काभ्रेको बिन्धवासिनी सहकारीले आफुलाई ब’र्वाद पारेको भन्दै अख्तियारमा निवेदन (भिडियो)

147425
Shares

काभ्रे : काभ्रे जिल्लामा मात्रै नभई देशभित्र नै उत्कृष्ट सहकारीभित्र पर्ने बिन्धवासिनी बचत तथा ऋण सहकारीले संस्थाले आफुलाई ब’र्वाद पारेको भन्दै पी’डितले अख्तियार दुरुपयोग अ’नुसन्धानमा उ’जुरी दर्ता गरेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ६ फेरीका कपिल न्यौपानेले अख्तियारमा उ’जुरी दर्ता गर्नुभएको हो । बिन्धवानिसीको भकुण्डे शाखा देखि मुख्य कार्यालय वि’रुद्ध मुद्धा दर्ता गरिएको हो । न्यौपानेले करिब ३ वर्षअघि कृषि कर्जा अन्तर्गत बिन्धवासिनीबाट ३ लाख ऋण लिनुभएको थियो ।

पीडित न्यौपानेले सहकारीका कर्मचारीले आफुलाई ज’बर्जस्ती फसाएको दाबी गर्नुभएको छ । नियमित किस्ता रकम तिर्दा पनि धितो नपुगेको भन्दै भकुण्डे शाखाका प्रबन्धले जबर्जस्ती मोटरसाइकल समेत खोसेको पीडितले आरोप लगाउनुभएको छ ।

२० लाख मुल्यांकन हुने जग्गालाई कम मुल्यांकन गरी कर्जा लिदाको समयमा ५ वर्षसम्म भाखा नाघ्न अगाबै धितो राखिएको जग्गा समेत लिलाम गर्न खोजिएको न्यौपानेले बताउनुभयो ।

अ’ख्तियारमा दायर गरिएको निवेदनमा गैरकानुनी रुपमा सम्पत्ति ह’त्याउने मनसायले सहकारीले काम गरेको दा’बी गरिएको छ । त्यस्तै बिन्धवासिनीबाट ठगिएको बारे सहकारी विभागलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको न्यौपानेले बताउनुभयो ।
न्यौपाने कसरी बर्वाद हुनुभयो ?
हेरौँ भिडियोमा :.

https://www.youtube.com/watch?v=Kk4whKPau4o&fbclid=IwAR2c3BDMb66Y1nT0vEtL3QTChCXLkAQfwW1uq1QsNgLZ2YsOOJ41xVtxNYQ

147425
Shares

ट्रेन्डिङ