सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बिन्धवासिनी सहकारीको प्रष्टिकरणः ‘न्यौपानेले लगाएको आरोप झुटो’

बिन्धवासिनी सहकारीको प्रष्टिकरणः ‘न्यौपानेले लगाएको आरोप झुटो’

16760
Shares
बिन्धवासिनी सहकारीको प्रष्टिकरणः ‘न्यौपानेले लगाएको आरोप झुटो’

काभ्रे : काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का कपिल न्यौपानेले लगाएको आरोप झुटो रहेको दाबी गरेको छ । न्यौपानले आफुलाई बिन्धवासिनी सहकारीले बर्वाद पारेको खबर सबैको समाचार डटकमबाट प्रकासन भएपछि सहकारीले उनको आरोप झुटो रहेको बताएको हो ।

सहकारीका अनुसार न्यौपानेले कृषि ब्यवसाय गर्नका लागि पाँच लाख रुपैयाँ ऋण माग गरेका थिए । सहकारीले न्यौपानेलाई ब्यवसायिक परियोजना, आर्थिक अवस्था र वार्षिक आयस्रोतको आधारमा २०७४-८-१२ गते तीन लाख रुपैयाँ ऋण दिएको थियो । न्यौपानेले उक्त ऋण दुरुपयोग गरी घर निर्माण कार्य गरी परियोजना सञ्चालन नगरेको सहकारीले जनाएको छ ।

न्यौपानेले हालसम्म ६७ हजार साँवा र ब्याज मात्रै बुझाएको सहकारीले दाबी गरेको छ । न्यौपानेले अझै २ लाख ८३ हजार ६ सय बाउन्न रुपैयाँ सहकारीलाई बुझाउन बाँकी नै रहेको सहकारीका अध्यक्ष प्रदिप थापाले बताउनुभयो । अध्यक्ष थापाले न्यौपानेको भनाईमा कुनै सत्यता नरहेको समेत प्रष्ट पार्नुभएको छ ।

16760
Shares

ट्रेन्डिङ