सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

4460
Shares
सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

काठमाडौं, माघ १३ः नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ । कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो । कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन ।

अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ । नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन् । तर कतारसँग अहिलेसम्म यस्तो कुनै सम्झौता भएको छैन ।

कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न चाहेपछि नेपालले यसबारेमा चासो देखाइसकेको छ । कतारस्थित नेपाली राजदूतावासले नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने हो भने दुई देशका सरकारी निकायबीच सहमति र निर्णय भई संस्थागत रूपमा काम सुरु गर्नुपर्ने धारणा कतार सरकारसमक्ष राखेको छ । तर कतारले वास्ता नगरी अवैध रूपमा नेपाली युवालाई प्रहरीमा भर्ना गरिरहेको छ । नेपालका केही मेनपावर कम्पनी र व्यक्तिहरूले कतारलाई सहयोग गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

4460
Shares

ट्रेन्डिङ