सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • बहिनी बलात्कार को आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार को आरोपमा दाजु पक्राउ

9390
Shares
बहिनी बलात्कार को आरोपमा दाजु पक्राउ

गुलरिया , हाडनाता भित्रकै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाकाको टोलीले १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए।

करिब साढे १ महिनाअघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना प्रहरीसम्म पुगेको हो।

पीडितको फुपुुले दिएको जाहेरीका आधारमा हाडनाताभित्र बलात्कार गर्ने २५ बर्षिय दाजु पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए।

असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राती ११ बजे ढोका खोल्न लगाई एकछिन काम छ भन्दै ट्वाईलेट पछाडी लगि जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने धम्कीसमेत दिएको पीडितले प्रहरी समक्ष बयान दिएको उनले बताए। आरोपीलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको एसपी वास्तोलाले जानकारी दिए।

 

 

 

-सेतो पाटी बाट

9390
Shares

ट्रेन्डिङ