सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सेवा घरलाई पाँचखाल नगरपालिकाको १० थान ब्ल्याङ्केट सहयोग, २ लाख नगद सहयोग गर्ने घोषणा

सेवा घरलाई पाँचखाल नगरपालिकाको १० थान ब्ल्याङ्केट सहयोग, २ लाख नगद सहयोग गर्ने घोषणा

7130
Shares
सेवा घरलाई पाँचखाल नगरपालिकाको १० थान ब्ल्याङ्केट सहयोग, २ लाख नगद सहयोग गर्ने घोषणा

काभ्रे : धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको मानव कल्याण समाज (सेवा घर) लाई पाँचखाल नगरपालिकाले १० थान ब्ल्याङ्केट सहयोग गरेको छ । त्यस्तै नगरपालिकाले २ लाख नगद दिने घोषणा समेत गरेको छ ।

सेवा घरको अवलोकन गर्दै नगर प्रमुख महेश खरेलले नगरको तर्फबाट ब्ल्याङ्केट हस्तान्तरण सहित २ लाख नगर दिने घेषणा गरेका हुन् । नगरप्रमुख खरेलले मानव सेवा घरमा रहेका बृद्धबृद्धा तथा बालबालिकाहरुको लागि व्यक्तिगत रुपमा कपडा संकलन गरेर वितरण गर्ने समेत जानकारी दिए । उनले विभिन्न फजुल खर्च कटाएर यस्तो पवित्र संस्थामा सहयोग गर्न समेत अनुरोध गरे ।

कार्यक्रस्थलमा तत्कालै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नगद ५ हजार तथा लेखापाल शुसिला पाठकले १५ सय रुपैया नगद सहयोग गरेका थिए । कार्यक्रममा नगरप्रमुख खरेल, प्रमुख प्रशासकीय अधिकृत हुमेगाई, लेखापाल पाठक, धुलिखेल नगरपालिका वडा नं ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, सदस्यहरु लक्ष्मण ढकाल, उत्तम तिमल्सिना, सजना परियार लगायतको सहभागिता रहेको थियो । सेवा घरमा बालबालिका र बृद्धबृद्धा गरी ३५ जना रहेका छन् ।

7130
Shares

ट्रेन्डिङ