सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • प्रिमियर लिगः लिभरपुल ब्राइटनसँग पराजित

प्रिमियर लिगः लिभरपुल ब्राइटनसँग पराजित

6760
Shares
प्रिमियर लिगः लिभरपुल ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको हो । साविक विजेता लिभरपुल घरेलु मैदानमै स्तब्ध भएको हो ।

ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले निर्णायक गोल गरे । खेलको ५८औँ मिनेटमा स्टेभेनले गरेको गोल नै निर्णायक बन्यो ।

हारसंगै लिभरपुलको उपाधि होडसमेत कमजोर बनेको छ । लिभरपुलले २२ खेलमा ४० अंक जोडेको छ । लिभरपुल चौंथो स्थानमा रहेको छ । ब्राइटन २४ अंक जोडेर १५औँ स्थानमा रहेको छ ।

 

6760
Shares

ट्रेन्डिङ