सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • चौंरीदेउरालीमा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको मिति तय, यस्तो छ पुरस्कारको व्यवस्था

चौंरीदेउरालीमा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको मिति तय, यस्तो छ पुरस्कारको व्यवस्था

7050
Shares
चौंरीदेउरालीमा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको मिति तय, यस्तो छ पुरस्कारको व्यवस्था

काभ्रे । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ को मिति तय भएको छ । प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म हुने गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिएका छन् ।

चालु आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अनुसार खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवम् आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवम् बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको प्रवक्ता घिसिङले बताए ।
प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागी हुने घिसिङले जानकारी दिए ।

‘गाउँपालिकामा रहेको ९ वटै वडाका टिम उत्साहपूर्वक सहभागी हुनेछन् । हामीले यो पटकको प्रतियोगितालाई थप व्यवस्थित गर्न लागेका छौं ।’ उनले भने, ‘गाउँपालिकाले खेलकुदलाई युवाहरुको अनुशासन, बौद्धिक विकास, सुमुधुर सम्बन्ध र सदभावको विकास गर्न विशेष जोड दिएका छौं ।’ यस पटकको फुटबल प्रतियोगिता वडा नं. ३ को माझीफेदा खेलमैदानमा हुने उनले बताउँदै उद्घाटन खेल फागुन २८ गते हुने जानकारी दएि ।

प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी संख्या अतिरिक्त र अफिसियल सहित १३ जनाको सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए ।

यस्तो छ पुरस्कार
प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार यो पटक प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने लामाले जानकारी दिए । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।

 

7050
Shares

ट्रेन्डिङ