सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • काभ्रेमा ट्रयाक्टर दुर्घटना‚ एकको घ’टनास्थलमै मृ’त्यु

काभ्रेमा ट्रयाक्टर दुर्घटना‚ एकको घ’टनास्थलमै मृ’त्यु

8380
Shares
काभ्रेमा ट्रयाक्टर दुर्घटना‚ एकको घ’टनास्थलमै मृ’त्यु

काभ्रे : नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा ट्रयाक्टर दुर्घटनामा एकजनाको घट’नास्थलमै मृ’त्यु भएको छ। आइतबार धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्रयाक्टर दु’र्घटनामा परी सिन्धुलीको मरिन गाउँपालिका–५ का १७ वर्षीय झलक विकको मृ’त्यु भएको प्रह’रीले जानकारी दिएको छ।

जिल्ला प्र’हरी कार्यालय काभ्रे एसपी भूपेन्द्रबहादुर खत्रीले ट्रयाक्टर तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दु’र्घटना भएको बताए। ट्रयाक्टर सडकबाट करिब ३० फिट तल खसेको छ।

शव पोष्टमाटमका लागि धुलिखेल समुदायिक अस्पतालमा राखिएको छ। शवलाई मृ’तकका परिवार वा आफन्त आइपुगेपछि मात्रै बुझाउने तयारीमा रहेको एसपी खत्रीले बताए। ट्रयाक्टर चालक मरिन–५ का २४ वर्षीय बिमान विकलाई प्रहरी चौकी भकुण्डेबेशीले नियन्त्रणमा लिएको छ।

8380
Shares

ट्रेन्डिङ