सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा १६५ जना संक्रमित थपिए, २२ जना निको भए

काभ्रेमा १६५ जना संक्रमित थपिए, २२ जना निको भए

7130
Shares
काभ्रेमा १६५ जना संक्रमित थपिए, २२ जना निको भए

२३ बैशाख, काभ्रे : काभ्रेमा आज एकैदिन १६५ जनामा संक्रमण पुष्टि भएको छ । २२ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार नयाँ थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ४४ जना पुरुष र २० जना महिला छन् ।

त्यस्तै पनौती नगरपालिकाका ३३ जना महिला, १० जना पुरुष, धुलिखेल नगरपालिकाका १८ जना पुरुष, १४ जना महिला, पाँचखाल नगरपालिकाका ४ जना महिला, ३ जना पुरुष संक्रमित थपिएका छन् ।

मण्डनदेउपुर नगरपालिकाका ५ जना पुरुष, १ जना महिला, रोशी गाउँपालिकाका ४ जना पुरुष, २ जना महिला, नमोबुद्ध नगरपालिकाका ४ जना पुरुष, १ जना महिला र चौरीदेराली गाउँपालिकाका महिला र पुरुष १/१ जना छन् ।

योसँगै काभ्रे जिल्लामा सक्रिय संक्रमितको संख्या ९१० पुगेको छ । होम आईसोलेसनमा ८७८ र अस्पतालको आईसोलेसनमा ३२ जना संक्रमित रहेका छन् ।

7130
Shares

ट्रेन्डिङ