सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • लायन्सद्धारा पाँचखाल नगरलाई १० सेट वेड हस्तान्तरण

लायन्सद्धारा पाँचखाल नगरलाई १० सेट वेड हस्तान्तरण

6690
Shares
लायन्सद्धारा पाँचखाल नगरलाई १० सेट वेड हस्तान्तरण

काभ्रे : कोरोना माहामारीका विच पाँचखाल नगरपालिकालाई १० सेट वेड हस्तान्तरण भएको छ । नगरपालिकालाई लायन्स डिष्ट्रिक ३२५ ए २ नेपाल कोभिड व्यवस्थापन समितिले आईसोलसन बनाउनको लागि चाहिने बेड, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत १० सिट वेड हस्तान्तरण भएको हो ।

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य शाखा संयोजक उज्वल अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

पाँचखाल नगर प्रमुख महेश खरेल, लायन्स क्लबको तर्फवाट विधान जोशी र चन्द्र ढकालको पहलमा नगरपालिकालाई वेड प्राप्त भएको हो ।
हस्तान्तरण कार्याक्रममा नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी तथा नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

6690
Shares

ट्रेन्डिङ