सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • उद्योग वाणिज्य संघ काभ्रेले भन्यो ‘बनेपाको पसल बन्द गरेर कोरोनाको चेन ब्रेक गरौ’

उद्योग वाणिज्य संघ काभ्रेले भन्यो ‘बनेपाको पसल बन्द गरेर कोरोनाको चेन ब्रेक गरौ’

12495
Shares
उद्योग वाणिज्य संघ काभ्रेले भन्यो ‘बनेपाको पसल बन्द गरेर कोरोनाको चेन ब्रेक गरौ’

धुलिखेल, ३ जेठ: उद्योग वाणिज्य संघ काभ्रेले केहिदिन बनेपाका सबै पसल ब्यवसाय बन्द गर्न आग्रह गरेको छ । संघका अध्यक्ष राजेन्द्र पसछे र महासचिव रविन्द्र बैदारलामे संयुक्त विज्ञप्ति जारी गर्दै केहि पसल ब्यवसाय बन्द  गरेर कोरोना भाईरसको चेेन ब्रेेक गर्न आग्रह गर्नुभएको हो ।

कोरोना संक्रमणको ‘हटस्पोट’ बनेको बनेपामा भोलीदेखि नगरपालिकाले शिल गर्ने निर्णय गरेको छ । बनेपा राजधानी पूर्वका जिल्लाहरुको मुख्य ब्यापारिक केन्द्र पनि हो । सक्रिय कोरोना संक्रमितको संख्याले १ हजार भेटाउनै लाग्दा नगरपालिकाले जेठ १२ गते मध्यरात आफ्नो क्षेत्रमा पुरै शिल गर्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघले नगरपालिकाको निर्णय सबै ब्यवसायहरूले पालना गरी कोरोना संक्रमणबाट आफुलाई र अरू पनि जोगाउन आग्रह गरेको छ । नगरपालिकाले भने बमोजिम खाद्यान्न, तरकारी, फलफूल, दुग्ध पसल पूर्ण रुपमा बन्द गरी सहयोग गर्न संघले ब्यवसायीहरूलाई आग्रह गरेको हो ।

बनेपामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ । शिर मेमोरियल अस्पताल सहित बनेपामा रहेका सबै अस्पताल बिरामीले भरिएका छन् । गम्भीर बिरामीले समेत  अस्पतालमा बेड नपाउने अबस्था सिर्जना भएको छ ।

12495
Shares

ट्रेन्डिङ