सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • तस्बिरमा हेर्नुस् बनेपा ‘शिल’ हुन केहि घण्टा बाँकी हुँदाको चहल पहल

तस्बिरमा हेर्नुस् बनेपा ‘शिल’ हुन केहि घण्टा बाँकी हुँदाको चहल पहल

8745
Shares
तस्बिरमा हेर्नुस् बनेपा ‘शिल’ हुन केहि घण्टा बाँकी हुँदाको चहल पहल

काभ्रेको बनेपा आज राति १२ बजेदेखि शिल हुँदैछ ।जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञा खास कार्यान्वयनमा नआएपछि बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा पुर्ण शिल लगाउने घोषणा गरेपछि सामान किनमेल गर्ने चहलपहल निकै बढेको छ ।औषधी र अस्पताल बाहेकका खाद्यान्न, तरकारी, फलफूल पसल तथा ब्यवसाय, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सबै सेवा पूर्ण रुपमा बन्द हुनेछ । नगरपालिकाले बिहान मर्निङवाकमा समेत ननिस्कन भनेको छ ।सूचना विभागबाट प्रेस पास लिएका पत्रकार बाहेक अन्य कुनै पनि ब्यक्ति अत्यावश्यक काम परेर जानै परे  स्थानीय प्रशासन तथा जनप्रतिनिधिलाई जानकारी गराएर मात्रै जान पाईनेछ । अरू ब्यक्ति घर बाहिर निस्कन पाईने छैन् ।अत्यावश्यक सेवामा प्रयोग हुने सवारी बाहेक अन्य कुनै पनि सवारी साधन चलाउन नपाई नगरप्रमुख लक्ष्मी नरसिंह बादेले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन, टेलिफोन, ईन्टरनेट र विद्युतको सेवा दिने कार्यालयहरू सीमित कर्मचारी राखेर जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर मात्रै खोल्न पाईनेछ ।

 

 

 

 

 

 

8745
Shares

ट्रेन्डिङ