सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका बाँकी तीन नगरपालिका पनि भोलीदेखि ‘शिल’

काभ्रेका बाँकी तीन नगरपालिका पनि भोलीदेखि ‘शिल’

38610
Shares
काभ्रेका बाँकी तीन नगरपालिका पनि भोलीदेखि ‘शिल’

काभ्रे : काभ्रेका तीन नगरपालिका पनि भोली देखि शिल हुने भएका छन् । जिल्लाको पाँचखाल, धुलिखेल र पनौती नगरपालिका भोलीदेखि शिल आफ्नो क्षेत्रमा पूर्णरुपमा शिल गर्ने निर्णय गरेका हुन् ।

पाँचखाल नगरपालिका भोली दिउँसो २ बजेदेखि १५ दिनका लागि शिल गरिएको छ । पाँचखाल नगरपालिकामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नगरप्रमुख महेश खरेल आफै संक्रमित हुनुभएको छ ।

पनौती नगरपालिका भोलीदेखि राति १२ बजेदेखि शिल हुनेछ । १२ गते राति १२ बजेसम्म पूर्ण रूपमा शिल गरिएको मेयर भिम न्यौपानेले जानकारी दिनुभयो । पनौती नगरपालिका कोरोना संक्रमितको हिसाबले जिल्लाको तेस्रो नम्बरमा पर्छ ।

त्यस्तै सदरमुकाम सहितको धुलिखेल नगरपालिका भोलीदेखि शिल पनि गरिने भएको छ । धुलिखेल भोली राति १२ बजेदेखि १२ गते रातको १२ बजेसम्म शिल गर्ने निर्णय गरिएको मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो । धुलिखेल नगरपालिकाका जिल्लामा सक्रिय संक्रमितमा जिल्लाको दोस्रो नम्बरमा पर्छ ।

जिल्लाको ६ नगरपालिका मध्ये यसअघि बनेपा, नमोबुद्ध नगरपालिकाले शिल गरिसकेका छन् । त्यस्तै मण्डनदेउपुर नगरपालीकाले भने वडा नम्बर ६का केहि क्षेत्र शिल गरेको छ। जिल्लामा पछिल्ला केहीदिन यता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

38610
Shares

ट्रेन्डिङ