सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा ३०३ जना निको भए, १७२ जना थपिए

काभ्रेमा ३०३ जना निको भए, १७२ जना थपिए

7270
Shares
काभ्रेमा ३०३ जना निको भए, १७२ जना थपिए

काभ्रे : काभ्रेमा ३०३ जना कोरोना सं क्रमित निको भएका छन्को । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाक अनुसार आज एकैदिन यति धेरैले कोरोना भाईरस मुक्त भएका छन् ।

जिल्लामा आज १७२ जना कोरोना सं क्रमित थपिएका छन् । बितेको २४ घण्टामा काभ्रेका ३ सहित ४ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धुलिखेल नगरपालिकाका ६३ बर्षीय महिला, रोशी गाउँपालिकाका ७२ बर्षीय महिला, पनौती नगरपालिकाका ४८ बर्षीय पुरूष र भक्तपुरका ५८ बर्षीय पुरूष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

सं क्रमित हुनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका ३२ जना पुरुष र २२ जना महिला छन् । रोशी गाउँपालिकाका १८ जना पुरुष र १२ जना महिला, भुम्लु गाउँपालिकाका ११ जना पुरुष, १२ जना महिला, बेथानचोक गाउँपालिकाका २७ जना पुरुष र १ महिला सं क्रमित भएका छन् ।

त्यसैगरि बनेपा नगरपालिकाका ७ जना महिला, ६ जना पुरुष, पनौती नगरपालिकाका महिला र पुरुष २/२ जना, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाका ३ जना पुरुष र २ जना महिला, पाँचखाल नगरपालिकाका ३ जना पुरुष र २ जना महिला र  तेमाल गाउँपालिकाका ५ जना महिला र ४ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या २५ सय ६ पुगेको छ । जसमा अस्पतालको आईसोलेसनमा १३७ जना र २३ सय ६९ जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

7270
Shares

ट्रेन्डिङ