सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोभिड अस्पताल : आइसियू कक्ष जलमग्‍न, नर्सको काम बाल्टिमा पानी उठाउँदै फाल्दै

कोभिड अस्पताल : आइसियू कक्ष जलमग्‍न, नर्सको काम बाल्टिमा पानी उठाउँदै फाल्दै

6255
Shares
कोभिड अस्पताल : आइसियू कक्ष जलमग्‍न, नर्सको काम बाल्टिमा पानी उठाउँदै फाल्दै

बुटवल ,१४ जेठ : बुटवल रामनगरस्थित अस्थायी कोभिड विशेष अस्पतालको आइसीयूकक्षमा पानी चुहिएको छ । तीन दिनदेखिको झरीका कारण आइसीयूकक्षमा पानी चुहिएको हो । आइसीयूकक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् ।

पुराना भवनमा तयार गरिएको आइसीयूकक्षमा गत वर्ष पनि पानी चुहिएको थियो । एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको र आइसीयूनै जलमग्न भएको छ । उनले भनिन्, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौँ । गत वर्ष पनि पानी पर्दा ममर्त गर्न भनिएको तर मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।’

त्यहाँ अहिले १३ जना बिरामीले उपचार सेवा लि‍इरहेकाछन् । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए । भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उनको भनाइ छ ।

उनले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताए । उनले भने, ‘धेरै पानी परेमा फलसिलिङ पनि झर्न सक्छ । अहिले नर्सले बाल्टीमा पानी उठाएर फालेका छन् ।’ उनले पानी रोकिने अवस्था नभएकोले विकल्पको खोजि गरिरहेको बताए ।

6255
Shares

ट्रेन्डिङ