सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • उन्नाइस वर्षपछि नेपालको भिडन्त इराकसँग

उन्नाइस वर्षपछि नेपालको भिडन्त इराकसँग

7545
Shares
उन्नाइस वर्षपछि नेपालको भिडन्त इराकसँग

काठमाडौं, १५ जेठ : नेपाललेले उन्नाइस वर्षपछि पहिलो पटक इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । शनिबार फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरियतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार राति १०:१५ बजे र स्थानीय समयअनुसार बेलुकी ७ः३० बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली गत बुधबार नै बसरा पुगेको थियो ।

नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ तारिखमा भएको थियो । एसियाली खेलकुदमा भएको भेटमा नेपाल इराकसँग ३–० गोल अन्तरले पराजित भएको थियो । सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९–१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए ।

सन् २००२ को विश्वकप छनोटमा नेपाल इराकसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए । १९ वर्षपछि दुवै टोली आमने सामने हुँदा नेपालले धेरै भन्दा धेरै फाइदा लिन सक्नेछ ।

नेपालका प्रशिक्षकले भने यो खेलमा नतिजा भन्दा पनि प्रदर्शनमा ध्यान दिइने बताएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस पटक नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उनले १० खेलाडीलाई मात्रै टिममा लिएका छन् । उनले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिएका छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफू भन्दा उच्च वरियताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् ।

विश्वकप छनोटको समूह ‘बी’ मा रहेको नेपालको विश्वकप छनोटको अघिल्लो चरण सकिएको भए पनि एसिया कपमा छनोट हुने सम्भावना बाँकी छ । नेपालले अब जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।

7545
Shares

ट्रेन्डिङ