सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा १६५ जना कोरोना मुक्त, ६४ जना थपिए

काभ्रेमा १६५ जना कोरोना मुक्त, ६४ जना थपिए

8060
Shares
काभ्रेमा १६५ जना कोरोना मुक्त, ६४ जना थपिए

काभ्रे : काभ्रेमा कोरोना मुक्त हुनेको संख्या बढ्दै गएको छ । आज मात्रै १६५ जना कोरोना भाई मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । आज ६४ जना मात्रै सं क्रमित थपिएका छन् ।

आज काभ्रेका ३ सहित ४ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धुलिखेल नगरपालिका वडा नम्बर ११ का ४९ वर्षीय पुरुषको बीर अस्पतालमा, धुलिखेल नगरपालिका वडा नम्बर १० का ६३ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७० का ५० वर्षीय पुरुषको भक्तपुर ईन्टरनेशनल अस्पतालमा मृ त्यु भएको हो । त्यसैगरि सिन्धुपाल्चोक जिल्ला घर भएकी ३८ बर्षीय महिलाको धुलिखेल अस्पतालमा मृ त्यु भएको छ ।

8060
Shares

ट्रेन्डिङ