सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बनेपाबाट एक बालक हराए, खोजी दिन परीवारको आग्रह

बनेपाबाट एक बालक हराए, खोजी दिन परीवारको आग्रह

66385
Shares
बनेपाबाट एक बालक हराए, खोजी दिन परीवारको आग्रह

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ५ बाट बालक हराएका छन् । बनेपाको ढुंगेधारामा बाआमासंग डेरामा बस्दा आएका १० बर्षीय अशं केसी हिजो देखि हराएका हुन् ।

हिजो साँझ ५ बजेतिर घरबाट निस्किएका अंश अझै नफर्किएको बुबा अमोद केसीले जानकारी दिनुभयो ।काठमाडौंको मण्डिखाटार घर भएका उनीहरू बिगत ६ बर्षदेखि बनेपामा बस्दै आएका थिए ।

‘ हिजो साँझ सवा ५ बजेतिर घोगेचौरको ओरालोबाट चारदोबाटो तर्फ हिड्दै गईरहेको चिनेजानेको सुनाउनुभयो, काठमाडौमा, उसका साथी र आफन्तहरूको पनि फोन गरेर बुझ्यौ, अहिलेसम्म नआएको खबर पायौँ बालकका बुबा अमोद केसीले भन्नुभयो ।’ बालकलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा 9840426413 , 9841008003 , 9803192014 नम्बरमा सम्पर्क गरेर खबर गर्न केसीले आग्रह गर्नुभयो ।

 

66385
Shares

ट्रेन्डिङ