सबैको समाचार
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते

टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते

5775
Shares
टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते

काठमाण्डौको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घा इते हुनु भएको र उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्र हरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

5775
Shares

ट्रेन्डिङ