सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा सवारी साधनमा जोर बिजोर हट्यो, भोलीदेखी सार्वजनिक बस पनि चल्ने

काभ्रेमा सवारी साधनमा जोर बिजोर हट्यो, भोलीदेखी सार्वजनिक बस पनि चल्ने

9160
Shares
काभ्रेमा सवारी साधनमा जोर बिजोर हट्यो, भोलीदेखी सार्वजनिक बस पनि चल्ने

काभ्रेपलान्चोक जिल्लामा असार मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज एक सूचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् । जिल्लामा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले केहि क्षेत्रमा निषेधाज्ञा खुकुलो पारी थप गरिएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा अवधिभर विभिन्न पसलहरुलाई समेत खुल्ने समयको निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा जारी आदेशमा खाद्यान्न, दुध डेरी, मासु, तरकारी, फलफुल पसल, किराना पसल, खानेपानी, ग्याँस पसलहरु, पुजा सामग्री पसल, स्टेशनरी।पुस्तक पसलहरु, प्रिन्टिङ प्रेसहरु, डिपार्टमेन्टल स्टोर, हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी, सिमेन्ट, छड, टायल, मार्बल, कार्पेट पसल, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग लगायतका पसल सटरहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म निर्धारित स्वास्थ्य सरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन पाइने उल्लेख गरिएको छ । होटल तथा रेष्टुरेन्टहरुले सुरक्षा मापदण्ड अपनाएर होम डेलिभरी सेवा सञ्चालन गर्न पाउने भएका छन् ।

सार्वजनिक तथा नीजी सवारीको हकमा स्वीकृत सिट क्षमता अनुसार मात्र यात्रु राखी बनेपालाई केन्द्रविन्दु बनाई विहान ६ बजेदेखी साँझ ७ बजेसम्म संचालन गर्न पाईने छ । चालक, सहचालक तथा यात्रुले तोकिएको स्वास्थ्य मापदण्डको पूर्र्ण पालना गर्नूपर्ने सूचनामा उल्लेख छ ।

यसअघि नीजि तथा २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधान जोरबिजोर प्रणालीबाट संचालनमा रहेका थिए । काभ्रेमा यसअघि जारी गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिदैँ छ । लगत्तै परिवर्तित निषेधाज्ञा लागू हुने छ ।

9160
Shares

ट्रेन्डिङ