सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रेमा प्रहरीलाई पैसा खुवाउन खोज्ने चालक नियन्त्रणमा

काभ्रेमा प्रहरीलाई पैसा खुवाउन खोज्ने चालक नियन्त्रणमा

11305
Shares
काभ्रेमा प्रहरीलाई पैसा खुवाउन खोज्ने चालक नियन्त्रणमा

काभ्रे प्र हरीले आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै तीन जना सवारी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । अरनिको र बीपी राजमार्गमा सवारी जाँच गर्ने क्रममा प्र’हरीलाई पैसाको प्रलोभनमा पार्न खोज्ने तीन जना चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

प’क्राउ पर्नेमा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा ३ घर भएका आईचर गाडी चालक बल बहादुर तामाङ रहेका छन् । त्यसैगरि सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भएका टिपर चालक केदार थापा र सोहि टिपरका सहचालक भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ का सन्तोष श्रेष्ठ रहेका छन् ।

काभ्रे प्र’हरीले राजमार्गमा आफुखुसी पेसर हर्न जडान गरी राजमार्जमा र सहरी, विद्यालय, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा पेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने, ओभरलोड बोक्ने तथा पानी चुहाउने सवारी साधनलाई कार’बाही गर्दै आएको छ ।

जिल्ला प्र हरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्र हरी कार्यालयहरु र जिल्ला ट्राफिक प्र हरी कार्यालयको संयुक्त टोलीले अरनिको र बीपी राजमार्गमा बेला बेला सवारी जाँच गर्ने गरेका छन् । प्र हरीले नि यन्त्रणमा लिएका तीनै जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको छ ।

11305
Shares

ट्रेन्डिङ