सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • नमोबुद्ध नगरपालिकाले भन्यो ‘विद्यालयमा बालबालिका पढाए कारबाही हुन्छ’

नमोबुद्ध नगरपालिकाले भन्यो ‘विद्यालयमा बालबालिका पढाए कारबाही हुन्छ’

6145
Shares
नमोबुद्ध नगरपालिकाले भन्यो ‘विद्यालयमा बालबालिका पढाए कारबाही हुन्छ’

काभ्रेको नमोबुद्ध नगरपालिका विद्यालयमा बालबालिकालाई उपस्थित गराएर पठनपाठन गराए कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

नगरपालिकाभित्रका केहि सामुदायिक विद्यालयले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गरेको पाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । सबै सामुदायिक विद्यालयलाई भर्चुअल विधिमार्फत पठनपाठन गर्न भनिएको छ ।

कोरोना भाईरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक रूपमा उपस्थित भएर पठनपाठन नगर्न भनिएको नगरपालिका जनाएको छ । नगरपालिकाको निर्देशन अटेर गरे नियम अनुसार कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

6145
Shares

ट्रेन्डिङ