सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • भजन गाउँदै गर्दा माइकमा करेन्ट लागेर दुई जनाको मृत्यु

भजन गाउँदै गर्दा माइकमा करेन्ट लागेर दुई जनाको मृत्यु

16945
Shares
भजन गाउँदै गर्दा माइकमा करेन्ट लागेर दुई जनाको मृत्यु

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। भजनकिर्तन गाउँदै गरेका धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादवको माइकमा करेन्ट लागेर मृत्यु भएको हो।

धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा टोलका बुलन यादवको घरमा भजनकिर्तनमा गएका बेला मंगलबार साँझ करिब ६ बजेतिर करेन्ट लाग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्टको झट्का लागेपछि अरु केही व्यक्ति सामान्य घाइते भएको जनाइएको छ। दुवै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

16945
Shares

ट्रेन्डिङ