सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • “काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन हुदै

“काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन हुदै

8840
Shares
“काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन हुदै

एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो पहिलो चरणको अडिसन सम्पन्न गरेकाछन। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २” को पहिलो चरणको अडिसन काभ्रेको बनेपा मा स्थानीय संघ संस्थाहरु को सहकार्यतामा सम्पन्न भएको र अन्तिम अडिसन यहि आउदो भदौ ५ गते शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि आयोजना हुने भनि जानकारी गराइएको छ ।

उक्त अडिसन मा इक्छुक युवा -युवतीहरु लाइ यथासिघ्र फारम भरि अडिसनमा आउनकोलागि आह्वाहन गरिनछ। मोडलिङ क्षेत्रमा अभिरुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट उक्त अडिसन को पहिलो चरणमा ७ जना छनौट गरिएको र अब आउने सनिबारका दिन गरिने अडिसनबाट अझ २३ जनालाइ छनौटगरि जम्मा ३०जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको छ। हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौ । जहाँ हामी तपाईहरु लाइ मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ।

काभ्रे फेस्ट , युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो ,जहा बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले सहभागिता जनाउन सक्छन। ।

8840
Shares

ट्रेन्डिङ