सबैको समाचार
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • यौन व्यवसाय चलाएको अभियोगमा काभ्रेका एक सहित ७ जना पक्राउ

यौन व्यवसाय चलाएको अभियोगमा काभ्रेका एक सहित ७ जना पक्राउ

31975
Shares
यौन व्यवसाय चलाएको अभियोगमा काभ्रेका एक सहित ७ जना पक्राउ

ललितपुर महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रूपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल विष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखरा घर भएकी ४२ वर्षीया गीता खड्गी रहेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन्।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

31975
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका