सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने काभ्रेका एकसहित ६ जनाको उद्धार

सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने काभ्रेका एकसहित ६ जनाको उद्धार

15710
Shares
सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने काभ्रेका एकसहित ६ जनाको उद्धार

गत असारदेखि साउनसम्म एक महिनाको अवधिमा सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने काभ्रेका एक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ।

ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। सकुशल उद्धार गरेकामा काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला,सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन्।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक र इटहरीकी ६५ वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको हो । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ

15710
Shares

ट्रेन्डिङ