सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिका-१२ मा नेकपा एकीकृत समाजवादी पार्टीको सानदार वडा कमिटी विस्तार

मण्डनदेउपुर नगरपालिका-१२ मा नेकपा एकीकृत समाजवादी पार्टीको सानदार वडा कमिटी विस्तार

16855
Shares
मण्डनदेउपुर नगरपालिका-१२ मा नेकपा एकीकृत समाजवादी पार्टीको सानदार वडा कमिटी विस्तार

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा नेकपा एकिकृत समाजवादी पार्टीले सानदार रूपमा आफ्नो वडा कमिटी विस्तार गरेको छ । आज भएको भेलाले वडा कमिटी इन्चार्जको जिम्मेवारी दामोदर ठकुरीलाई दिएको छ ।

भेलाले बिष्णु प्रसाद पराजुली अध्यक्ष रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा सुपिन्द्र ठकुरी, सचिबमा बद्री प्रसाद सापकोटा र उपसचिबमा हरि प्रसाद पराजुली रहनु भएको छ ।

भेलाले २५ सदस्यीय युवा संघ नेपालको वडा कमिटी पनि बनाएको छ । युवा संघ नेपालको अध्यक्षमा दिलिप लामा, उपाध्यक्षमा छिरिङ लामा, सचिबमा प्रवीण पराजुली र उपसचिबमा बसन्त पराजुली रहनुभएको छ ।

त्यसैगरि भेलाले २१ सदस्यीय अखिल नेपाल महिला संघको वडा कमिटी गठन गरेको छ । अनेमसंघको अध्यक्षमा तारादेबि पराजुली र उपाध्यक्षमा बुद्ध कुमारी ठकुरी रहनु भएको छ । भेलाले बिकुत्त बहादुर ठकुरीको संयोजकत्वमा २१ सदस्यीय जेष्ठ कम्युनिष्ट मन्च गठन गरेको छ ।

भेलाले चेतबहादुर बिक (राधाकृष्ण) अध्यक्ष रहेको २१ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडा कमिटी समेत गठन गरेको छ । मुक्ति समाजको उपाध्यक्षमा प्रकाश बर्देवा र सचिबमा बिश्वराम बिक रहनुभएको छ ।

वडा भेलालाई संविधानसभा सदस्य बिदुर सापकोटा, बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, मण्डनदेउपुर नगर कमिटीका अध्यक्ष गोकुल गौतम, उपसचिब कुशल ढकाल, जिल्ला कमिटी सदस्यहरू राजन पराजुली गणेश प्रसाद पराजुली (क), गणेश प्रसाद पराजुली (ख), जातीय मुक्ति समाज नेपालका जिल्ला अध्यक्ष मनिष बर्देवा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

16855
Shares

ट्रेन्डिङ