सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • पूर्पक्ष थुनामा रहेका काभ्रेका लामा अदालत परिसरबाटै फरार

पूर्पक्ष थुनामा रहेका काभ्रेका लामा अदालत परिसरबाटै फरार

36855
Shares
पूर्पक्ष थुनामा रहेका काभ्रेका लामा अदालत परिसरबाटै फरार

जिल्ला अदालत काभ्रेको परिसरबाट एक थुनुवा फरार भएका छन् । चोरी- डाँका मुद्दामा पक्राउ परी अदालतको आदेशपछि पूर्पक्ष थुनामा रहेका काभ्रेको खानीखोला गाउँपालिका–६ का सुनिल वाइवा लामा अदालत परिसरबाटै भागेका हुन् ।

२०७७ मंसिर ७ गते काभ्रेको पाँचखाल तामाघाटमा रहेको रञ्जन लामिछानेको पसलमा रहेका विभिन्न ब्राण्डका रक्सी चोरी गरेको आरोपमा उनी पक्राउ परेका थिए । २०७७ पुस १५ गते पूर्पक्षका लागि कारागार राखिएका लामाको हिजो र आज अदालतमा वकपत्र गरिएको थियो । आज (बुधबार) दिउँसो वत्रपत्रका लागि अदालत पु¥याइएका लामा अदालतको क्यान्टिनबाटै भागेका हुन् ।

लामासँगै अदालतको क्यान्टिनमा खाजा खान बसेका प्रहरीलाई झुक्याएर झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लामाको खोजी कार्य भईरहेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । फरार लामालाई पक्राउ गर्न जिल्लाका सबै प्रहरी चौकीलाई चनाखो हुन् निर्देशन दिइएको पनि एसपी खत्रीले बताए ।

 

36855
Shares

ट्रेन्डिङ