सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा कांग्रेस फेरी जुर्मुराउँदै, वडासम्म गुटको प्रभाब

काभ्रेमा कांग्रेस फेरी जुर्मुराउँदै, वडासम्म गुटको प्रभाब

10630
Shares
काभ्रेमा कांग्रेस फेरी जुर्मुराउँदै, वडासम्म गुटको प्रभाब

पहिलो पटक निर्धारण गरिएको समयावधि भित्र वडा अधिवेशन नभएपछि निराश बनेका कांग्रेस काभ्रेका कार्यकर्ताहरू फेरी खुशी भएका छन् । अधिवेशनको दोस्रो संशोधित कार्यतालिका आएपनि कांग्रेस कार्यकर्ताहरू सक्रिय भएका छन् ।

यसअघि १८ गते देखि सुरू भएको वडा अधिवेशन २५ गतेसम्म चलेको थियो । तर काभ्रे सहित २० वटा जिल्लामा भने उक्त समयमा वडा अधिवेशन नभएपछि कार्यतालिका संशोधन गरिएको हो । संसोधित कार्यतालिका अनुसार २० जिल्लामा असोज ५ गते वडा अधिवेशन हुनेछ ।

काभ्रेमा गणेश लामा पक्षीय क्रियाशील सदस्यको नाम पूर्व सभापति शिव हुमागाईले काटेपछि तोकिएको समयमा अधिवेशन हुन नसकेको हो । ८ सय क्रियाशील सदस्यमा ५ सय क्रियाशील सदस्यको नाम काटेको बताईएको छ ।

कांग्रेसको पनि वडातहसम्मै गुटको प्रभाव निकै परेको छ । जिल्लामा १३५ वटा वडा रहेका छन् । ती मध्ये निकै कमैमा मात्र सर्वसम्मत वडा सभापति चयन हुने देखिएको छ । अधिकांश वडामा गुटगत उम्मेदवार खडा गरिएको छ ।

जिल्लामा पूर्व सभापति शिव हुमागाई र वर्तमान सभापति मधु आचार्य समूहकै बढी प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमा गणेश लामाको समूह निर्णायक हुनेछ । निर्वाचन क्षेत्र नम्बर १ का वडाहरूमा गणेश लामा बढी निर्णायक देखिएका छन् । उनले समर्थन गर्ने शिव हुमागाई वा मधु आचार्य पक्षका उम्मेदवारले सहज जित निकाल्नेछन् । लामाको समर्थन आचार्य समूहलाई रहेको बताईएको छ ।

10630
Shares

ट्रेन्डिङ