सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भ्रष्टचार गर्ने छुट कसैलाई छैन : माधव नेपाल

भ्रष्टचार गर्ने छुट कसैलाई छैन : माधव नेपाल

5960
Shares
भ्रष्टचार गर्ने छुट कसैलाई छैन  :  माधव नेपाल

काभ्रे : नेकपा एकिकृत समाजवादी पार्टिका अध्यक्ष माधव कुमार नेपालले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

 

काभ्रे जिल्लाको बनेपामा रहेको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्न काभ्रे आएका उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालामा भएको ईलामको चिया उधोगको जग्गा प्रकारणमा भ्रष्टाचार भएको उल्लेख गर्दै यो गर्ने छुट कसैलाई नभएको वताए ।

नेकपा एस कुनै व्यक्तीबादी पार्टी नभएको भन्दै नेपालले कोहीलाई पनि भ्रष्टाचार गर्ने छुट नभएको बताए । उद्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादिका नेता तथा संविधान सभा सदस्यद्धय कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटा, पार्टी जिल्ला कमिटिका अध्यक्ष टोक बहादुर वाईबा, प्रदेश सभा सदस्यद्धय बसुन्धरा हुमागार्इँ, लक्ष्मण लम्साल, पाटि जिल्लाका सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रिय सदस्य भेषराज शाह, विद्यार्थीका जिल्ला अध्यक्ष बदन भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा दशै तिहार लगायत चाडको शुभकामना आदानप्रदान समेत भएको थियो ।

5960
Shares

ट्रेन्डिङ