सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई पद हस्तान्तरण,झण्डै एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई पद हस्तान्तरण,झण्डै एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

7035
Shares
नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई पद हस्तान्तरण,झण्डै एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

काभ्रे : काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली कँंग्रेसको अधिवेशनबाट वडा र नगरमा निर्वाचित पदाधिकारीहरुलाई पद हस्तारन्तरण गरिएको छ । नमोबुद्ध नगर कार्यसमिति काभ्रेले नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि,वडाका पदाधिकारीहरु, सदस्यहरुलाई आज एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ५ मा भएको नमोबुद्ध नगर वडा अधिवेशन र असोज ९ गते भएको नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रमाण पत्र वितरण र पद हस्तान्तरण गरेको काँग्रेस नमोबुद्ध नगर सचिव महेन्द्र थिङले जानकारी दिए ।

हर्षजित लामा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथि क्षेत्रीय सभापति रमेश हुमागाई रहेका थिए । कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको सचिव थिङले जानकारी दिए ।

 

कार्यक्रममा झण्डै एक दर्जन नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र परि त्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । माओवादी परित्याग गर्नेमा डाप्साङ वाइबा, एकदास लामा, राम लामा, संगीता लामा, जित बहादुर लामा,हिरा लामा, सम्झना लामा, अनिल लामा, संगीता वाइबा,बिर बहादुर लामा र बिशाल लामा रहेका छन् ।

 

सचिव महेन्द्र थिङले संचालन गरेको कार्यक्रममा अतिथिहरु काँग्रेस जिल्ला सदस्य दिनेश भुर्तेल, सुर्य लामा, कविराज श्रेष्ठ,सन्त लामा लगायत रहेका थिए ।

7035
Shares

ट्रेन्डिङ