सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेकपा (एस) मा काभ्रेली कुन नेताले के जिम्मेवारी पाए ?

नेकपा (एस) मा काभ्रेली कुन नेताले के जिम्मेवारी पाए ?

4900
Shares
नेकपा (एस) मा काभ्रेली कुन नेताले के जिम्मेवारी पाए ?

काभ्रे : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले काभ्रेली नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ने

कपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले पूर्व सांसद एवं बामपन्थी नेता शिवबहादुर देउजालाई केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा मनोनित गरेको छ ।

बैठकले संविधानसभा सदस्य कृष्ण प्रसाद सापकोटालाई केन्द्रीय सदस्य सहित नेकपा एसको काभ्रे जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । संविधानसभा सदस्य बिदुर सापकोटा र जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले केन्द्रीय सदस्य र काभ्रे जिल्ला सह-इञ्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

त्यस्तै बागमती प्रदेशका सांसद लक्ष्मण लम्साललाई वागमति प्रदेश कमिटी सचिब र काभ्रे जिल्ला सह-इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

4900
Shares

ट्रेन्डिङ