सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल पात्लेखेतको थप ४५ घरधुरीमा शुद्ध पानी सहितको धारा

धुलिखेल पात्लेखेतको थप ४५ घरधुरीमा शुद्ध पानी सहितको धारा

4855
Shares
धुलिखेल पात्लेखेतको थप ४५ घरधुरीमा शुद्ध पानी सहितको धारा

काभ्रे : ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतको थप ४५ घरमा खानेपानी पुगेको छ। आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले ‘एक घर, एक धारा’ को उदघाटन गर्नु भएको हो ।

नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने धुलिखेल नगरपालिकाको नीति अन्तरगत नगरका धेरै ठाउँमा ‘एक घर, एक धारा’ पुगिसकेको नगरप्रमुख ब्याञ्जु श्रेष्ठले बताउनुभयो ।

वडा नम्बर ११ मा कुल घरधुरी संख्याको हालसम्म ५८५ घरमा ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानी वितरण गरिएको वडाध्यक्ष विष्णु धिताल (काभ्रेली) ले जानकारी दिनुभयो ।

4855
Shares

ट्रेन्डिङ