सबैको समाचार
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • काभ्रे कांग्रेस अधिवेशन: मधु प्यानलका सभापति श्रेष्ठ विजयी

काभ्रे कांग्रेस अधिवेशन: मधु प्यानलका सभापति श्रेष्ठ विजयी

12555
Shares
काभ्रे कांग्रेस अधिवेशन:  मधु प्यानलका सभापति श्रेष्ठ विजयी

 

काभ्रे कांग्रेसको प्रदेश अधिवेशनको अन्तिम मत परिणाम आएको छ ।

संघीय निर्वाचन क्षेत्र २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा मधु आचार्य प्यानलका सभापति रामहरि श्रेष्ठ विजयी हुनुभएको छ ।

शिव हुमागाईं प्यालनका सभापति उम्मेदवार भगवान अधिकारीलाई दुई मतले हराउँदै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले २९९ मत पाउँदा अधिकारी २९७ मत पाउनु भएको थियो ।

उपसभापतिमा शिव प्यानलका कुमुदा बैद्यले २८९ मत र मधु प्यानलका गंगा प्रसाद घिमिरेले ३१५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । त्यसैगरी सचिबमा मधु प्यानलका नेत्र प्रसाद ढकाल ३०७ र युगेश्वर कायस्थ ३०२ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिबमा पनि शिव प्यानलका दिपक लामिछाने २९० मत र मधु प्यानलका मन हरि ढकाल ३१५ मत सहित विजयी भएका छन् ।

काभ्रे काँग्रेसको हिजो ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन भएको थियो । जस मध्ये तीन वटा प्रदेश निर्वाचिन क्षेत्रमा मतदान भएको हो । तीन वटै प्रदेश निर्वाचन क्षेत्रको मत गनेर आज सकिएको छ ।

12555
Shares

ट्रेन्डिङ