सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • काभ्रेमा मङ्सिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली सङ्कलन हुने

काभ्रेमा मङ्सिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली सङ्कलन हुने

5225
Shares
काभ्रेमा मङ्सिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली सङ्कलन हुने

 

काभ्रे जिल्लामा दुई चरणमा मतदाता नामावली सङ्कलन हुने भएको छ । मंसिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली संकलन हुने भएको हो ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार पहिलो चरणमा मंंसिर १७ गतेदेखि २६ गतेसम्म र दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस १० गतेसम्म पालिकाको कार्यालयमा मतदाता नामावली संकलन हुने छ ।

निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश कुमार राईका अनुसार पहिलो चरणमा बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिकामा मतदाता नामावली संकलनको काम हुनेछ ।

त्यस्तै दोस्रो चरणमा भुम्लु गाउँपालिका, चाँैरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकामा मतदाता नामावली संकलनको काम हुने निर्वाचन अधिकृत राईले जानकारी दिए ।

सबै पालिकामा १०÷१० दिन मतदाता नामावली संकलन हुनेछ । धुलिखेल नगरपालिकामा भने छुट्टै केन्द्र बनाएर मतदाता नामावली संकलन हुने छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय पनि धुलिखेल नगरपालिकाभित्रै रहेका छुट्टै केन्द्र नराखिएको हो ।

राजनीतिक दलका प्रतिनिधिहरुले वडा स्तरमै पुगेर नामावली संकलन गर्न आग्रह गरेका थिए । तर केन्द्रबाटै पालिकामा केन्द्र बनाएर नामावली संकलन गर्ने निर्णय भएकाले वडा वडामा पुगेर संकलन गर्ने सुझाव राम्रो हुँदा हुँदै पनि गर्न नसकिएको निर्वाचन अधिकृत राईको भनाई छ ।

5225
Shares

ट्रेन्डिङ