सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • काँग्रेस बागमती प्रदेश अधिवेशनः काभ्रेका मधु आचार्यले सभापतिमा देलान त उम्मेदवारी ?

काँग्रेस बागमती प्रदेश अधिवेशनः काभ्रेका मधु आचार्यले सभापतिमा देलान त उम्मेदवारी ?

8420
Shares
काँग्रेस बागमती प्रदेश अधिवेशनः काभ्रेका मधु आचार्यले सभापतिमा देलान त उम्मेदवारी ?

 

काभ्रे : काँग्रेसको बागमती प्रदेश अधिवेशन नजिकिएसँगै सभापति पदमा उम्मेदवारीको चर्चा बढेको छ ।

काभ्रेबाट निवर्तमान जिल्ला सभापति मुध आचार्यले पनि प्रदेश सभापतिका लागि उम्मेदवारी दिने बताइएको छ । अधिवेशन पर्सी १७ गते सुरु हुदैँछ ।

मकवानपुरबाट इन्द्र बाँनियाको नाम पनि सभापतिका लागि चर्चामा छ । बाँनिया पार्टी सभापति शेर बहादुर देउवाका निकट मानिनुहुन्छ । आचार्य पौडेल समूहका हुनुहुन्छ ।

बाग्मती प्रदेशका अधिकांश जिल्लामा देउवा समूहको बहुमत रहेको मानिन्छन् । यसले गर्दा पनि निर्वाचन हुँदा पौडेल समूहका उम्मेदवारलाई निकै अप्ठ्यारो हुन सक्ने जानकारहरु बताउँछन् ।

बागमती प्रदेशमा सभापति बन्ने दौडमा काभ्रे काँग्रेसका निवर्तमान सभापति मधु आचार्य सहित काठमाडौं कांग्रेसका पूर्व सभापतिसमेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानदेखि नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीशनरसिंह केसी, धादिङका निवर्तमान सभापति रमेश धमला र मकवानपुर सभापति ईन्द्र बानियाँसम्मको नाम चर्चामा छ ।

यसैगरी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता मोहन बस्नेतको नाम पनि बागमती प्रदेशको सभापतिका लागि सुनिन थालेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आएको परिणामपछि उम्मेदवारी दिने गरी आन्तरिक रुपमा नेताहरुको गुट अनुसारको जोड घटाउ भइरहेको छ ।

मधु आचार्य २०५७ देखि २०६२ सालसम्म पहिलो पटक जिल्ला सभापति बनेका थिए भने दोस्रो पटक २०७२ मा सभापति बन्नुभयो थियो । त्यसअघि आचार्य २०४८ सालमा पहिलो पटक काभ्रेमा क्षेत्रीय सभापतिसमेत बन्नुभएको थियो ।

२०५१ सालमा जिल्ला कार्यसमितिमा रहँदा आचार्यले त्यसबखत भनिने गरिएको संगठन मन्त्रीको जिम्मेवारी पनि पाउनुभएको थियो । १२ औं महाधिवेशन पछि नेता रामचन्द्र पौडेल कांग्रेस उपसभापति हुँदा आचार्य कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत बन्नुभएको थियो ।

 

8420
Shares

ट्रेन्डिङ