सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • माओवादी केन्द्र बागमती प्रदेशमा को-को भए निर्वाचित (सूचीसहित)

माओवादी केन्द्र बागमती प्रदेशमा को-को भए निर्वाचित (सूचीसहित)

5245
Shares
माओवादी केन्द्र बागमती प्रदेशमा को-को भए निर्वाचित (सूचीसहित)

 

काठमाडौं : नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन्।

अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा विजयी भएका हुन्।जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए। गौतमले ८६ मत ल्याए।

प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए। त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन्। उनले १४९ मत ल्याए। उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन्।

सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

5245
Shares

ट्रेन्डिङ