सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हाइड्रोपावरमा पाइप पड्किँदा काभ्रेका एकसहित दुई जना कामदारको ज्यान गयो

हाइड्रोपावरमा पाइप पड्किँदा काभ्रेका एकसहित दुई जना कामदारको ज्यान गयो

6585
Shares
हाइड्रोपावरमा पाइप पड्किँदा काभ्रेका एकसहित दुई जना कामदारको ज्यान गयो

 

काठमाडौं, १२ पुस :  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्या न गएको छ ।

 

एक जना घा इ ते भएका छन् । हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो ।

घ ट नामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो।

उहाँकाअनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएका रेग्मी र थापा वि स्फो ट लगत्तै बेहोस भएका थिए ।

मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो ।

अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृ त घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

 

6585
Shares

ट्रेन्डिङ